भलिवल खेलमा उचाई थप्दै हेल्प नेपाल स्पोर्ट्स क्लब

news-details

हेल्प नेपाल स्पोर्टस क्लवले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय भलिवल प्रतियोगितामा सफलता चुमेर लोकप्रियता कमाइरहेको छ । यही हेल्प नेपाल क्लवले ९औं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएकोछ ।

नेपाल भलिबल संघका उपाध्यक्ष भरतबहादुर शाहको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठको उपस्थिति रहेको थियो । हेल्प नेपाल क्लबका अध्यक्ष बासुदेव श्रेष्ठको सभापतित्वमा चलेको कार्यक्रममा महासचिव अरुण श्रेष्ठले क्लबको बार्षिक प्रतिवेदन पेश गरे ।

क्लवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिवल प्रतियोगितामा अवार्ड हात पार्नुका साथै सामाजिक कार्यमा पनि अग्रसर भएर काम गरिरहेको छ । स्वदेशमा नै अन्तर्राष्ट्रियस्तरको भलिवल प्रतियोगिता स्थापित गराएको हेल्प नेपाल क्लवले आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ ।

कार्यक्रममा भलिबल संघका उपाध्यक्ष शाहले हेल्प नेपाल क्लबले भलिवल खेलमा कमाएको सफलता तथा उचाईले नेपालमा भलिबल खेलको लोकप्रियता बढेको बताए ।

हेल्प नेपाल क्लव भर्खरै फेडेरेशन इन्टरनेशल दि भलिवल(एफआइभीबी) मा आवद्ध भएर अन्तर्राष्ट्रिय भलिवलमा उपस्थिति जनाएको छ ।
क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले ९ वर्ष अगाडि सामाजिक कार्यका साथै भलिबल खेलमा केही गर्नुपर्छ भनेर स्थापना गरेको क्लब यो उचाइमा पुग्ला भनेर नसोचेको बताए । अध्यक्ष श्रेष्ठले भने–‘सगरमाथामा पुग्न जुन मेहनत गरेर पुगे पनि यो गरीमा जोगाई राख्न कठिन छ, हामी उचाईको गरिमा राख्नेछौं।’

अध्यक्ष श्रेष्ठले हेल्प नेपाल क्लबमा आबद्ध सदस्य र खेलाडीहरूलाई अझ जुझारु र सशक्त बनाउन अक्षयकोष स्थापना गर्ने र हेल्प नेपाल क्लबको सदस्य हुँ,खेलाडी हुँ भन्दा गौरब हुने गरी क्लबलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *