नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।








