काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्व क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका छन ।

उनले आज उच्च अदालत पाटन पुगेर पुनरावेदन दिएका हुन । आफ्ना कानुन व्यवसायी सरोजकृष्ण घिमिरेको साथमा सन्दीप अदालत पुगेका थिए ।

काठमाडौं जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गरिएको अधिवक्ता घिमिरेले बताए ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो।