आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल नामिबियासँग पराजित भएको छ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको थियो।
६० बल छदैँ नामिबियाले ८ विकेट गुमाउँदै जित हासिल गरेको हो।
पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर थियो।
दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।








