क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९र९ रन जोडे ।
क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले ९ विकेटको क्षतिमा २८६ रन बनाएको थियो ।
क्यानाडाका लागि ओपनरद्वय आरोन जोनसजले ६५ र नवनित दालिवाले ४६ रन बनाए भने प्रगत सिंहले ३८, शेख किर्तोनले २०, श्रेयश मोभ्भा ४० बनाए । यस्तै उदय भागवान २० रनमा नट आउट रहे ।
नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए । सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।








