आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो ।
पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।
नेपालको जितमा कप्तान देव खनालले सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १, विपिन रावललाई २, आकाश त्रिपाठी १६ रन, दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।
त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो ।
अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले सर्वाधिक ३७ रन बनाएका थिए ।
नेपालका आकाश चन्दले ५ विकेट लिए भने दीपेश कँडेलले २ विकेट, गुल्शन झा, सुवास भण्डारी, तिलक भण्डारीले १-१ विकेट लिए ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ ।








