टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई चौथो टाइगर कप भलिबलको उपाधि

news-details

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले चौथो टाइगर कप भलिबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदेशलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो ।

पोखरा रंगशाला भलिबल कोर्टमा पहिलो सेट २५–१३ मा जितेको हेल्प नेपालले दोस्रो सेटमा २५–१८ मा जित निकाल्न सफल भयो ।

हेल्प नेपालले तेस्रो सेटमा भने जित निकाल्न सकेन । तेस्रो सेट गण्डकीले २६–२४ को जित निकाले पनि चौथो सेटमा हेल्प नेपालले जित निकाल्यो ।

हेल्प नेपालले चौथो सेटमा २५(१७ मा जित निकाल्दै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ। दोस्रो भएको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

नेपालको भलिवललाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने र नेपालमा भलिवल खेलको विकासमा टेवा पु¥याउने हेल्प नेपालका अध्यक्ष बासु श्रेष्ठले बताए । ‘सबैको सपोर्ट र सहकार्यबाट सफलता हात पारेको हो’ अध्यक्ष श्रेष्ठ बताउँछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *