विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा यमनसँग नेपाल २-० गोलले पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको हो ।

खेलको ७३ औँ मिनेटमा यमनले अग्रता लिएको थियो । त्यस्तै, अन्तिम समयमा यमनले थप एक गोल थपेको थियो ।

यसअघि पहिलो चरणमा नेपाल यूएईसँग ४-० ले पराजित भएको थियो ।