टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

क्याप्टेन रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो ।

टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्। तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटीएका छन् ।

एसिया क्षेत्रको छनोट खेल यही कार्तिक १३ गतेबाट काठमाडौंको कीर्तिपुर र मुलपानीमा रहेको दुईओटा क्रिकेट मैदानमा हुनेछ ।

८ टिम सहभागी हुने खेलमा शीर्ष दुई टिम अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट हुनेछ । नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्नेछ ।