चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
मंगलबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीको क्रिकेट मैदानमा भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।
भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनायो ।
यसअघि भारतले टस जितेर निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।








