साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट भारतमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ । भारतको बैंगलोरको श्री कान्तेराव रंगशालामा हुने नेपाल र कुवेतबीचको खेल ३ः४५ बजेवाट सुरू हुनेछ ।
नेपाल कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ । कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफमा भाग लिन लागेको हो ।
साफ च्याम्पियनसिपमा ८ राष्ट्रको सहभागित रहेको छ । नेपाल रहेको समूह ए मा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ भने समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।








