फिफा २० वर्षमूनीको विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

छिमेकी अर्जेन्टिनामा भएका सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै उरुग्वेले पहिलो पटक यू–२० विश्वकप जितेको हो ।

उरुग्वेका लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गरेको गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो ।

यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो।

अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू–२० विश्वकप जितेका छन् ।