सुर्खेतको विरेन्द्रनगरमा आयोजित ‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि नुवाकोटे टाइगरले जितेका छन् ।

७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् । उनले उपाधीसंगै नगद रु १ लाख ५ हजार जितेका छन । विरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा भएको भिडन्तमा नुवाकोटे टाइगरले किङ रोर्वोटलाई पराजित गरेका थिए ।

‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ’ महाभिडन्त’को उपाधि नुवाकोटे टाइगरलाई

यस्तै हार्डकोरतर्फको अर्को खेलमा चट्टान बिजयी भएका छन । उनले साइन विरुद्धको भिडन्त जित्दै उपाधी र नगद रु ७५ हजार हात पारे ।

त्यस्तै मिडल वेटतर्फको खेलमा साइनले डेभिडलाई पराजित गरे । उनले नगद रु ७० हजार प्राप्त गर्दा महिलातर्फ लाइट वेट भिडन्तमा तन्नुले आकृतीलाई हराइन् । उनले नगद रु ६० हजार हात पारिन् ।

‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ’ महाभिडन्त’को उपाधि नुवाकोटे टाइगरलाई

पुरुष लाइट वेटतर्फ सिजे वर्ल्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी नगद रु ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा टुपी ग्याङलाई पराजित गर्दै एक्स हिरो एण्ड सुजल टिम बिजयी बन्यो । एक्स हिरो एण्ड सुजल टिमले नगद रु ५० हजार हात पार्न सफल भए ।

‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ’ महाभिडन्त’को उपाधि नुवाकोटे टाइगरलाई

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विजेताहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल, एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, मदन भण्डारी फाउन्डेशनका केन्द्रिय सदस्य टिका विष्ट, प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वमित्र सञ्ज्याल, एकेडमीकी उपमहासचिव सूवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जन लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

‘दोश्रो मदन भण्डारी रिङ रेस्लिङ’ महाभिडन्त’को उपाधि नुवाकोटे टाइगरलाई

कार्यक्रम एकेडेमीका कर्णाली प्रदेश इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष तेज बिक्रम बस्नेतको अध्यक्षतामा भएको थियो । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च भएको आयोजकले जनाएको छ ।