एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

स्थगित खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ।

दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ ।

खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो  ।

नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।

भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।