एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज कुवेत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
शनिबार नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल भने भोलि सोमबार हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र युएई भिड्ने छन् ।
प्रतियोगिताको उपाधि विजेताले एसिया कप खेल्न पाउनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तानसँग खेल्नेछ ।








