लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडीको ऐतिहासिक रेकर्ड बनाएका छन्।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा एक विकेट लिएसँगै उनले यो रेकर्ड बनाएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका बलर राशिद खानको नाममा थियो। खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए।

सन्दीपले ४२ औं खेलमा १ सय विकेट पूरा गरेका हुन्।