आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले पपुवान्युगिनीविरुद्ध तीन विकेटको जित निकालेको हो । नेपालको जितका लागि आसिफ शेखको अर्धशतकीय योगदान रहयो। उनले १३० बल खेल्दै ८६ रन बनाए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १८० रनको चुनौती दिएको थियो। १२ बल बाँकी हुँदा नेपाल तीन विकेटले विजयी भएको हो ।

शुक्रबारको खेलमा सन्दीप लामिछाने र आसिफले कीर्तिमानी साझेदारी गरेका छन । अविजित नरहँदै सन्दीपले ५० बलमा ३५ रन बनाउनुभएको हो । अबिजित आसिफ र सन्दीपले १२१ रनको साझेदारी गरेका हुन । यो खेलमा आसिफ म्यान अफ दि म्याच बने ।

प्रारम्भिक ब्याट्सम्यान दोहोरो रन नजोड्दै आउट भएपछि नेपालको ब्याटिङ सुरुमै धरमराएको थियो । ओपनर कुशल भुर्तेललाई पहिलो बलमा गुमाएको नेपालका ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भएका थिए ।

नेपालका लागि कुशल मल्लले २६ बलमा २३ रन बनाए । अलराउन्डर कुशल मल्ल २३ रनमा आउट भए । भिम सार्की र दीपेन्द्रसिंह ऐरीले आठरआठ रन बनाए । कप्तान रोहित पौडेल र आरिफ शेखले एक–एक रन मात्र जोडे ।

पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाएका थिए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन जोडे । सेसे बाउ र कप्तान असद भालाले समान ११-११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुईरदुई विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक-एक विकेट हात पारे ।