बंगलादेशको ढाकामा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा आज साँझ ६ बजे हुने फाइनल खेलमा नेपाल र आयोजक बंगलादेश भिड्ने छ ।
मंगलबार भुटानलाई ५-० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको थियो नेपालले भारतलाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।








