क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटको सुनुवाइ आज शुक्रबार हुने भएको छ ।
नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीप विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।
महान्यायधिवक्ताको कार्यालयले सन्दीपलाई रिहा गर्ने आदेश बदर गर्न माग गर्दै कारागारमै राखेर अनुसन्धान गर्न माग गरेको छ । उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।








