नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्प्रिरिट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ ।

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना भएको खेलाडी स्पिरिट अफ क्रिकेट अवार्ड एक प्रतिष्ठित अवार्ड हो ।

ओमानमा भएको चार देश सम्मिलित टी-२० क्रिकेट श्रृंखलामा आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट गर्ने अवस्था भए पनि फिल्डरसँग ठोक्किएका कारण आसिफले गरेका थिएनन् ।