उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो ।
लामिछानेले विदेश जान भने नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।








