पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । अञ्जनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।

यसअघि पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।

यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका थिए । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।