नेपालले वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ ।

ढाकामा शुक्रबार भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो ।

सुशिला केसीले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन्। पहिलो हाफमै १-० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन।

५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले गोल गर्दै खेल बराबरीमा ल्याइन । अन्तिम मिनेटमा बंगलादेशले पाएको पेनाल्टी नेपालले बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो।

डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । बंगलादेश भने सात अंकमै सीमित रह्यो ।