युरोपियन मुलुक माल्टामा रहेका नेपालीहरू फुटबल प्रतियोगिता हुने भएको छ। नेपालीहरुको महान पर्व तिहार छठको अवसर पारेर प्रतियोगिता एनएमएसएस क्लबले आयोजना गर्न लागेको हो ।

अक्टोबर २३ मा आयोजना हुने प्रतियोगिता सेभेन ए साइडको हुने छ। प्रतियोगितामा सहभागीताका लागि आयोजक एनएमएसएस क्लब आव्हान गरेको छ।

प्रतियोगितामा सहभागीताका १९ अक्टोवरभित्र ३ सय युरो तिरेर टिम दर्ता गर्न सकिने प्रतियोगिताका व्यवस्थापक सञ्जिब पौडेलले जनकारी दिए । खेलाडी माल्टामा बसोबास गर्ने नेपाली नै हुनुपर्ने छ।

माल्टामा रहेका नेपालीहरुबीच भाइराचार अभिवृद्धिका लागि आयोजना गरिएको प्रतियोगिताको विजेताले ट्रफीसहित १ हजार ५ सय युरो, उपविजेताले ट्रफीसहित ७ सय ५० युरो पाउने छ।

यस्तै, उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र दिइने पौडेलले बताए ।