नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ वटा देशले आफ्नो देशमा सन्दीप भएको वा नभएको खोजी गर्नेछन् । पत्ता लागेमा उनलाई तत्काल नेपाल पठाइने छ ।