राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल छैटौं पटक पनि उप-विजेतामै सीमित भएको छ।

आज भएको फाइनलमा नेपाललाई ३-१  गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।

यसअघिका ५ वटा साफमा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो । यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो।

बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका लागि श्रीमती सरकारले २ गोल र साम सुनाहरले १ गोल गरे।

नेपालले भने सान्त्वना गोल फर्काउन दोस्रो हाफ कुर्नु परेको थियो। नेपालका लागि भने अनिता बस्नेतले १ गोल गरिन्।