भारत विरुद्ध ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।
यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ ।अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।
नेपाल फाइनलमा पुगेको पाँचौं पटक हो । तर यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।








