आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागि टिपटप हेल्पनेपाल क्लबका पदाधिकारी तथा सुभचिन्तकहरुले प्रतियोगितामा क्लबकातर्फबाट सहभागि एक खेलाडीलाई नगद १ लाख ११ हजार सहयोग स्वरुप प्रदान गरेका छन ।

पर्वतका १९ वर्षिया खेलाडी सुभास कुँबरलाई सानै उमेरमा उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै विदाई समारोहमा क्लबका सदस्य एवं सुभचिन्तकबाट स्वस्फुतरुपमा संकलन भएको उक्त रकम प्रदान गरिएको हो । सानै उमेरमा भलिबल खेलप्रति देखाएको कुँवरको खेलप्रतिको मोह मर्न नदिन सहयोग प्रदान गरिएको क्लबले जानकारी दिएको छ ।

गाँउ–गाँउका खेलाडीलाई समावेश गरेर वि.सं. २०७० देखि राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा सहभागी हुँदै आएको टिपटप हेल्पनेपाल क्लब आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा द्धितिय स्थान ओगटन सफल भएको छ । दशरथ रंगशालाको कभर्डहलमा आयोजित खेलमा त्रिभुवन आर्मी क्लब उपाधी बिजेता बनेको थियो ।

‘टिपटप हेल्पनेपाल क्लब’द्धारा १९ वर्षिया भलिबल खेलाडि कुँबरलाई १ लाख ११ हजार प्रदान

प्रतियोगिता पश्चात खेलाडी बिदाई कार्यक्रम आयोजना गरेर टिपटप हेल्प नेपाल भलिबल क्लबले खेलाडीहरुलाई मायाको चिनो दिएको थियो । टिपटप हेल्प नेपाल भलिबल क्लबका अध्यक्ष बासुदेब श्रेष्ठले आफुहरु बिशुद्ध ब्यापार ब्यावसायमा आबद्ध भएपनि सामाजिक उत्तरदायित्व अन्र्तगत भलिबल खेलमा संलग्न रहेको बताउनुभयो ।

‘क्लबमार्फत पैसा भन्दा पनि देशको कुना कुनामा रहेका अब्बल खेलाडीहरुलाई राष्ट्रिय स्तरमा स्पोज गराउन पाउदा एकदमै खुशी र हर्सित बनाएको छ’ अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।