त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा आज नेपालले पपुवा न्यूगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपालले आफ्नो तेस्रो खेलमा पीएजीसँग खेल्न लागेको हो । पीएनजीविरुद्धको खेल नेपालको ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल पनि हो ।

नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने लक्ष्यमा रहने छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित निकालेको थियो ।

उता यसअघिका दुबै खेलमा पराजित पीएनजी आज पहिलो जितको खोजीमा रहने छ । अंक तालिकामा नेपाल शीर्ष स्थानमा छ ।