नेपालका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ५० विकेट पूरा गरेका छन्।
सन्दीपले शनिबार पपुवा न्युगिनीविरूद्धको दोस्रो एकदिवसीय खेलमा विकेट लिँदै एकदिवसीय खेलमा ५० विकेट पूरा गरेका हुन्।
उनले २२ खेलमा ५० एकदिवसीय विकेट पूरा गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा ५० विकेट पूरा गर्ने पहिलो बलर हुन्।
लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्समा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् ।
एकदिवसीयमा कम इनिङ्समा ५० विकेट लिने रेकर्ड भने श्रीलंकाका अजन्था मेन्डिसले बनाएका छन् । उनले १९ खेलमा ५० विकेट लिएका थिए । त्यस्तै भारतका अजित अग्राकर २३ खेलमा ५० विकेट लिएका थिए ।
सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए।








