शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज तीन वटा खेल हुँदैछ ।
लिगको अन्तिम दिन आज न्युरोड टीम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् ।
त्यस्तै एनआरटी र पुलिसको खेल एन्फा मैदान सातदोबाटोमा दिउँसो एक बजे सुरु हुने छ ।








