नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय प्रशिक्षक श्रीनिवासलाई आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलका लागि फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको हो । श्रीनिवास आइतबार नै नेपाल आएको क्यानले जनाएको छ ।

श्रीनीवासले नेपाली टोलीको मुख्य प्रशिक्षक पुबुदु दसानायकेसँग अमेरिकाको क्रिकेट टोलीमा पनि सँगै काम गरेका थिए । पुबुदुले श्रीनिवासको आगमनले नेपाली क्रिकेटको कमजोरी सुधार गर्न थप सहयोग पुग्ने बताए ।

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसअघि फेब्रुअरी ११ देखि चार देशीय टी-२० सिरिज खेल्दैछ ।