आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज ओमानसँग खेल्दै
- भदौ २९, २०७८
- 0
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल आज ओमानसँग भिड्दै छ।
नेपाल र ओमानबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ। पहिलो खेलमा अमेरिकाविरुद्ध शानदार जित निकालेको नेपाल आज पनि उच्च मनोबलसहित मैदान उत्रिँदैछ। तर नेपाल ओमानभन्दा बलियो टिमका रुपमा छ।
यसअघि गएराति सकिएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदा पाँच विकेटको क्षतिमा पुरा गरेको थियो।
नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको योगदान दिँदा रोहित पौडेलले अविजित ६२ रनको पारी खेले। लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा पनि अमेरिकासँग खेलेका दुबै खेल जितेको थियो। नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा ओमानसँग आइतबार खेल्नेछ।
0 प्रतिक्रिया
ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न, उत्कृष्ट ३ फोटो पुरस्कृत
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। इप्पान र […]
नेपाली वायुसेवामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । शुक्रबार […]
निर्माण व्यवसायीले मन्त्री सिंहलाई बुझाए ज्ञापनपत्र
नेपाल निर्माण व्यवसायी महासंघले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार १४ बुँदे मागसहित […]
जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने
गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु गरिसक्ने जानकारी दिएका छन् । शुक्रबार बसेको […]
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]