नेपाल निर्माण व्यवसायी महासंघले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार १४ बुँदे मागसहित व्यवसायी महासंघले मन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त ज्ञापन पत्र बुझ्दै मन्त्री सिंहले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय सधैं तत्पर रहेको बताए ।
महासंघका अनुसार १४ बुँदे माग पूरा गराउन माघ ३ देखि ७ गतेसम्म प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्ष, सम्बन्धित संघीय सरकारी निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।








