आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज डिसहोमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ।

ओमानमा सोमबारदेखि सुरू हुने सिरिजका खेलहरू डिसहोमको एक्सन स्पोर्ट्स एचडी र डिसहोम गो ओटिटीमार्फत प्रत्यक्ष प्रसारण हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषध्यक्ष रोशन कुमार सिंह र डिस मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदीप आर्चायले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

खेल तालिका

नेपाल भर्सेस अमेरिका – भदौ २८

ओमान भर्सेस नेपाल – भदौ २९

ओमान भर्सेस अमेरिका – भदौ ३१

नेपाल भर्सेस अमेरिका – असोज १

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान