बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको तर्फबाट सविता रानाले १४ औं मिनेटमा र प्रीति राईले २२ औं मिनेटमा गोल गरेका थिए । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।

खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् ।

नेपालले एएफसी महिला एशियन कप -२०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।