नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।
आगामी साता सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को तयारी स्वरुप नेपाल र पपुवान्यूगिनीबीचको खेल ओमान अल एमिरात क्रिकेट ग्राउन्डमा बिहान ११ बजेबाट सुरु हुँदैछ ।
नेपालले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिबसीय श्रृखंलाको तयारी स्वरुप पपुवान्यूगिनीसँग भिड्न लागेको हो । यसअघि दुबै टोलिले पछिल्लो पटक सन् २०१८ को मार्च १५ मा विश्वकप क्रिकेटमा छनोटका लागि एक अर्का बिरुद्ध उत्रेको थियो । उक्त खेलमा नेपालले पपुवान्यूगिनीलाई छ विकेटले हराएर अन्तर्राष्ट्रिय एकदिबसीयको मान्यता पाएको थियो ।
नेपालले हालसम्म चार टोलि बिरुद्ध मात्रै अन्तर्राष्ट्रिय एकदिबसीय खेलेको छ । जसमा पछिल्लो पटक घरेलु मैदानमा अमेरिका र ओमान सम्मिलित एकदिबसीय श्रृखंला सम्मिलित छ । त्यस अतिरिक्त नेपालले यूएई बिरुद्ध अन्तर्राष्ट्रिय एकदिबसीय खेलिसकेको छ ।








