काठमाडौंको दशरथ रंगशालामा जारी दोश्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई पराजित गरेको छ।

भारतले नेपालविरूद्ध दुई गोल गरेको थियो भने नेपालले एक गोलमात्रै फर्काएको हो ।

भारतका लागि फारूख चौधरीले ६२ औं मिनेटमा र कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गरेका थिए । नेपालका लागि एक मात्र गोल ८७ औं मिनेटमा तेज तामाङले गरेका थिए ।

नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो।