नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।
साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
नेपालले ३५ औं मिनेटमा अञ्जन विष्टको गोलले अग्रता लिएपनि ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए ।
नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।








