राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित छानबिन समितिले राखेपलाई बुधबार अध्ययन/अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना गर्ने गतिविधि रोक्न र सचेत गराउन समितिले सिफारिस पनि सिफारिस गरेको थियो ।

सिफारिसअनुसार प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल (संघ) एन्फाको सम्झौताबमोजिम मात्र गतिविधि गर्नुपर्ने भनेको थियो । तर, समितिको प्रतिवदेनप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षक अल्मुताइरीले आफू प्रशिक्षकबाट हट्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् भने, ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क अर्थात् म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ ।’

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई प्रतिवेदन बुझाएको छ भने प्रशिक्षक अल्मुताइरीले भने आफू प्रशिक्षकबाट हट्ने फेसबुकमार्फत भनेका छन् ।