एजेन्सी / प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना घरेलु टोली साल्जवर्गसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

साल्जावर्गलाई जित दिलाउनको लागि लुका सुसिस र ब्रेन्डेन आरोनसनले गोल गरे । बार्सिलोनालको मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।

खेलको ४३औं मिनेटमा लुका सुसिसको गोलबाट साल्जवर्गले अग्रता लिएको थियो । ८२औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

९०औं मिनेटमा ब्रेन्डेन आरोनसनले गोल गर्दै साल्जवगलाई २-१ को जित दिलाए ।

बार्सिलोनाले अब ८ अगस्टमा जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्ट्ससँग खेल्नेछ । त्यसपछि बार्सिलोना नयाँ सिजनमा होमिनेछ ।