अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजिनामा दिएका छन ।

एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद छताछुल्ल भइरहदा प्रवक्ता राईले राजिनामा दिएका हुन ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई उनले राजिनामा बुझाएका हुन । तर के कति कारण राजिनामा दिएका हुन त्यो भने उनले खुलाएका छैनन ।

२०७५ साल वैशाख २४ गते उनलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो । उनी एन्फाको केन्द्रीय सदस्य भने रहिरहनेछन ।