इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले जित्यो युरो कपको उपाधि

news-details

एजेन्सी । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा टाइब्रेकरमा इंग्ल्यान्डलाई ३-२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न सकेन । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा इटालीका डोमेनिको बेरार्डी, लिओनार्दो बोनुची र बर्नार्डेसकी गोल गरे । आन्द्रीए बेलोट्टी र जर्जिन्होले भने पेनाल्टीमा गोल गर्न सकेन ।

इंग्ल्यान्डका कप्तान ह्यारी केन, ह्यारी मगाएर गोल गरे भने मार्कस रासफर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुके ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले वन टचमा नै गोल गरेका थिए ।

६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले गोल गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *