युरो २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ । बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो ।

अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन् ।

अब क्वार्टरफाइनलका खेल आगामी शुक्रबारदेखि सुरु हुनेछन् ।

क्वार्टरफाइनलका खेल

स्विट्जरल्यान्ड भर्सेस स्पेन (शुक्रबार राति ९:४५ बजे) सेन्ट पिटर्गवर्ग

बेल्जियम भर्सेस इटाली (शुक्रबार राति १२:४५ बजे) म्युनिख

चेक गणतन्त्र भर्सेस डेनमार्क (शनिबार राति ९:४५ बजे) बाकु

युक्रेन भर्सेस इंग्ल्यान्ड (शनिबार राति १२:४५ बजे) रोम