एजेन्सी / १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित भएको छ । चिकित्सा आपतकालको कारण देखाउँदै युएईएफले जारी खेल स्थगित गरिएको जनाएको छ ।

डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमै लडेपछि खेल रद्द गरिएको युएईएफले जनाएको छ।

पहिलो हाफको ४३ औं मिनेटमा गोलरहित बराबरी अवस्थामा खेल रहेको बेला एक्कासफ एरिक्सन बेहोस भएर मैदानमा ढलेका थिए । मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । उनी ढलेपछि तुरुन्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरिएको थियो ।

डेनमार्कका एरिक्सन मैदानमा ढलेपछि युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्ड बीचको खेल रोकियो

बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो ।

उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।  उनको बाँकी उपचारका लागि अस्पतालमा भर्ना गरिएको युइएफएले बताएको छ ।

युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण यो खेल रद्द गरिएको जनाएको छ ।