युरोकप फुटबल : उद्घाटन खेलमा इटलीद्धारा टर्की ३-० ले पराजित

news-details

हिजोबाट शुरु १६ औं संस्करणको युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले विजयी सुरुवात गरेको छ ।

इटलीको रोममा हिजो राति भएको पहिलो खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखत शुरुवात गरेको हो । जीतसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेल मै हार बेहोरेको टर्की भने रहेको छ । इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक एक गोल गरेका थिए । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो । यसैबिच युरोकप अन्तर्गत आज तीन खेलहरु हुनेछ ।

यस पटकको युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *