समयमै भिसा नपाउदा सन्दीपले गुमाए इंग्ल्यान्डको ‘भाइटालिटी टी-२० ब्लास्ट’ खेल्ने अवसर

news-details

नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इंग्लीश काउन्टि क्रिकेट टोलि वर्सेष्टरले मुक्त गरेको छ । सन्दीप लामिछानेलाई गत् मार्च २५ मा इंग्ल्याण्डको काउन्टि क्रिकेट क्लब वर्सेष्टरले ‘भाइटालिटी टी-२० ब्लास्ट’का लागि अनुबन्धन गरेको थियो । इंग्लीश काउन्टिमा सन्दीपको नेपाली क्रिकेटरको रुपमा यो पहिलो प्रतिनिधित्व हुने थियो ।

सन्दीप लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू समयमै इंग्ल्याण्ड पुग्न नसक्दा वर्सेष्टरले मुक्त गरेको बताएका छन । सन्दीप २७ मईमा इंग्ल्याण्डका लागि प्रस्थान गरिसक्नुपर्ने थियो । गत् मई २६ मा सन्दीपले ट्वीटर मार्फत् आफ्नो भिसा जारी हुन ढिलाइ भइरहेको जनाउँदै सहयोगका लागि आग्रह गरेका थिए । दश दिनको क्वारेन्टिनपछि इंग्ल्याण्डमा उनी थप पाँच दिन क्वारेन्टिनमा बस्ने तालिका बमोजिम २७ मईमा नेपालबाट प्रस्थान गर्नुपर्ने थियो ।

सन्दीपले भने, “मैले एक साता अघि नै सहयोगका लागि आग्रह गर्दागर्दै कुनै निकायबाट कुनै पनि चासो नलिएकोमा दुःख लागेको छ ।” नेपाली खेलाडी राम्रो गर्दा मात्रै सबैले प्रशंसा गर्ने तर समस्यामा पर्दा कसैले कुनै चासो नलिदा विश्वको उत्कृष्ट मञ्चहरुमा नेपाली खेलाडीले अगामी दिनमा अबसर पाउन कठीन हुने उनले बताए ।

इंग्ल्याण्डको काउन्टी क्रिकेट टी ट्वान्टी भाइटलिटी ब्लास्ट आगामी जुन ९ देखि सुरु हुँदैछ । सन्दीप आबद्ध वर्सेष्टरले आफ्नो पहिलो खेलमा नटिट्घंमशायरको सामना गर्नेछ । उक्त खेल ९ जुनमै वर्सेष्टरमा खेलाइनेछ ।

उनले भारतमा रहेको राहदानी र जारी भएको प्रवेशाज्ञा (भिसा) शुक्रबार मात्रै प्राप्त गरेको र भिसा प्राप्त गर्दा प्रस्थान गर्न धेरै ढिला भइसकेको बताए । ‘भारतबाट आएको राहदानी र प्रबेशाज्ञा पाउँदा धेरै पहिले प्रबेशाज्ञा जारी भएको र नेपाल आउन मात्रै ढिला भएको थाहा पाएँ, तर कागजात हातमा नआउँदै वर्सेष्टरले अनुबन्धन रद्द गरेको खबर पाएँ, निकै नै दुःख लागेको छ ‘– उनले फेसबुक लाइभमा भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *