फिफा विश्वकप दोस्रो चरणको छनौट खेलमा नेपालको जित, चाइनिज ताइपेई २-०ले पराजित

news-details

सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनौट खेलमा आज नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको छ ।

तटस्थ मैदानको रुपमा कुवेत सिटीमा भएको खेलमा सुरुवाती ३ मिनेटमै अञ्जन विष्टको पेनाल्टी गोलले अग्रता लिएको नेपालले दोश्रो हाफ पछि मैदान छिरेका नवयुग श्रेष्ठको गोलमा अग्रता दोब्बर बनाएको थियो ।

योसँगै एशिया कप छनोटको अर्को चरण प्रवेश गर्ने नेपालको संभावना प्रवल बनेको छ ।

कुवेत जानुअघि इराकसँग राम्रो खेल खेलेर उच्च मनोबल बनाएको नेपाल इराकसँग ६-२को पराजय भोग्न बाध्य भएपनि गोल खडेरी तोडदै आक्रमक खेल पस्कन सफल भएको थियो ।

अब नेपालले कुवेतमा जोर्डन र अष्ट्रलियासँग खेल्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *