एजेन्सी । लुइस स्वारेजले विजयी गोल गरेपछि शहरीय प्रतिद्वन्द्वी रियल मड्रिडलाई २–१ गोलले पछि पार्दै एट्लेटिको मड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ ।

डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले भालाडोलिडसँग पहिलो हाफमा पछि परेको थियो । ओस्कार प्लानोले गोल गरेपछि एट्लेटिको सुरुमै दवावमा आयो । तर दोस्रो हाफमा एंगेल कोरिया र स्वारेजले १० मिनेटको अन्तरमा गोल गरेपछि खेल एट्लेटिकोको पक्षमा फर्कियो ।

रियल मड्रिडले पनि भिल्लारियलमाथि अन्तिम समयमा गरेको दुई गोलमार्फत २–१ को जित हासिल गरेको थियो । तर दोस्रो स्थानमै सीमित रहेर लिग टुंग्यायो ।

एथलेटिकोले ३८ खेलबाट ८६ अंक बटुल्यो भने दोस्रो स्थानको रियल म्याड्रिडले ८४ अंक बटुल्यो । लिगमा तेस्रो स्थानको बार्सिलोनाको ३८ खेलबाट ७९ अंक जोड्यो । शनिबारै भएको अन्तिम खेलमा उसले इबरलाई १–० ले हरायो ।

एथलेटिकोल समग्रमा ला–लिगा उपाधि जितेको यो एघारौं पटक हो । डिएगो सिमोनीको प्रशिक्षणमा यो एथलेटिकोको दोस्रो ला–लिगा उपाधि हो, पछिल्लोपटक २०१४ मा पनि एथलेटिको स्पेनको च्याम्पियन बनेको थियो ।