एजेन्सी । ला लिगामा एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ भने बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २-१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो ।
खेलमा १-० गोलले पछि पारेको स्थिति उल्टाउँदै जित एट्लेटिकोले जित निकाल्न सफल भयो । एट्लेटिकोलाई जित पुनरागमन जित दिलाउनको लागि लोडि डोस सान्तो र लुइस सुआरेजले समान एक-एक गोल गरे । ओसासुनको लागि बुदिमिरले गोल गरेका थिए ।
खेलको ७५ मिनेटमा बुदिमिरले गर्दै ओसासुनलाई अग्रता दिएका थिए । ८२ मिनेमा एट्लेटिकोको सान्तोले बराबरी गोल फर्काए । खेल सकिन दुई मिनेट बाँकी छँदा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।
यता बार्सिलोना भने अग्रता जोगाउन नसक्दा सेल्टा डि भिगोसँग पराजित भयो । नोउ क्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई हराउन सान्टी मिनाले दुई गोल गरे । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २८औं मिनेटमा कप्तान मेस्सीले सर्जियो बुस्क्वेट्सको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, बार्सिलोनाले त्यो अग्रतालाई जोगाउन सकेन । ३८औं मिनेटमा सान्टी मिनाले बराबरी गोल फर्काए ।
निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा सान्टी मिनाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई स्तब्ध पार्दै उपाधि होडबाट पनि पन्छायो ।
अब अन्तिम खेलमा एट्लेटिकोले रियल भलडोलिडलाई पराजित गरे पाधि जित्नेछ । हार बेहोरे भने दोस्रो स्थानको रियल म्याड्रिडको नतिजा कुर्नु पर्ने हुन्छ । दोस्रो स्थानको रियल म्याड्रिडलाई अन्तिम खेलमा भिल्लारियले बराबरीमा रोके पनि सिधैँ एट्लेटिकोले उपाधि जित्ने छ ।
बार्सिलोना भने शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ७ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ । ला लिगामा अन्तिम चरणको खेल बाँकी रहँदा बार्सिलोनोले ७६ अंक जोड्यो । एट्लेटिकोको ८३ तथा रियलको ८१ अंक छ ।








